आर्क इन्टरनेशनलको ग्लासवेयर र ओपलवेयर प्रडक्टहरु नेपालमा

  २०७३ असोज ३ गते ६:३३     विकासन्युज

काठमाडौं, ३ असोज । आर्क इन्टरनेशनलको टेबलवेयर उत्पादनहरु नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि एक्सक्ुसिभ डिष्ट्रिब्युटर इन्टरनेशनल डिष्ट्रिब्युटर्स प्रालिले नेपालमा प्रिमियम क्वालिटीको टेबलवेयरको शुरुवात गरेरको हो । नेपाली घर, होटल र रेष्टुरेन्टहमा पुग्ने लक्ष्य कम्पनीले फुड, वेभरेज एण्ड हस्पिटालिटी एक्सपो २०१६ बाट सर्वसाधारणको लागि लन्च गरेको छ ।
arc-brands
इन्टरनेशनल डिष्ट्रिब्युटर्सले ड्रिंक्स र डाइनिंगको लागि चाहिने ग्लासवेयर र ओपलवेयर प्रडक्टहरुको लागि आर्क इन्टरनेशनलको डिलरसिप लिएको छ । आर्क इन्टरनेशनल अन्र्तगत लुमिनार्क, क्रिष्टल डे आर्क, आर्कोरोक्, चिफ् एण्ड सोमेलिएर जस्ता ब्रान्डहरु नेपालमा बिक्री शुरु भएको छ ।

लुमिनार्कका प्रडक्टहरु वाइन र क्रियटिभ कुजिनका लागि निकै नै स्टाइलिस र इनोभेटिभ रहेका छन् जसलाई दैनिक प्रयोगको हिसाबले बनाइएको छ र धेरैजसो प्रडक्टहरु स्थानीय उपभोक्ताहरुको बानी, रुचि अनुसार डिजाइन गरिएको छ ।

क्रिष्टल डे आर्क सबैले किन्न सक्ने ग्लासहरु, भासहरु, डेकोरेटिभ एसेसरिजको कलेक्सन हो जुन राम्रो र स्टाइलिस छ । कम्पनीसंग व्यवसायिक ब्यक्तिहरुलाई लक्षित गरी आर्कोरोक रेन्ज पनि उपलब्ध छ । आर्कोरोकमा प्रभावशाली र फंक्सनल डिजाइनहरुको रेन्ज रहेको छ जसले होटल, रेष्टुरेन्टहरु, हस्पिटालिटी संस्थाहरु र क्याटरिंगहरुमा रहेका व्यवसायिक ब्यक्तिहरुको आवश्यकतालाई पूरा गर्छ । चिफ एण्ड सोम्मेलिएरमा ओपन अप जस्ता आइकनिक सेपहरु रहेका छन् र नेपाली बजारमा उदयमान होटल, रेष्टुरेन्टहरु सेक्टरहरुलाई समेट्छ ।

आर्क इन्टरनेशनल मा विश्वको अग्रणी कम्पनीको रुपमा रहेको छ । यस कम्पनीले सन् २०१५ मा १०२४ मिलियन यूरो बराबरको कारोबार भएको थियो । यस कम्पनीमा विश्वभरि नै १० हजार कर्मचारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.