दशैंका लागि टिकट बुकिङ खुल्ला, डिलक्स र सुपर डिलक्सको भाडा तोकियो

  २०७३ असोज ३ गते ४:४१     विकासन्युज

dashain-ticketकाठमाडौं, ३ असोज । दशैंका लागि असोज ७ गतेदेखि बसको टिकट बुकिङ खुल्ला हुने भएको छ । नयाँ बसपार्क, पुरानो बसपार्क सहित उपत्यकाका बिभिन्न १२ वटा स्थानबाट टिकट बुकिङ गर्न लागिएको हो ।

यातायात व्यवस्थापन विभाग र यातायात व्यवसायीबिच भएको सहमतिले असोज ७ गतेदेखि अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो ।  अस्थाई रुट परमिट  रुट परमिट तथा डिलक्सको भाडा वृद्धि लगायतका बिषयमा बिभाग र व्यवसायीबिच विवाद थियो ।

सो दिनदेखि तराई र पहाडी भेगका अन्य १० वटा स्थानबाट पनि अग्रिम बुकिङ लिइने यातायात बिभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । बिभागले असोज १० गतेदेखि ३० गतेसम्म मुग्लिन-नारायणगढ सडक खण्डको निर्माण कार्य रोक्ने निर्णय समेत गरेको छ ।

त्यस बाहेक कलंकी देखि  नागढुंगा खण्डको सडकमा रहेका खाल्डाखुल्डी तत्कालै पुर्ने निर्ण पनि बिभागले गरेको छ ।

डिलक्स बसले सामान्य भन्दा २० प्रतिशत बढि र सुपर डिलक्सले डिलक्स भन्दा २० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.