पोखरा–बागलुङ सडक सञ्चालन

  २०७३ असोज २ गते ८:३५     विकासन्युज

पर्वत, २ असोज । गए रातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन भएको छ ।

कुश्मा नगरपालिका–११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको थियो । बाढीले ठूलो मात्रामा ढुङ्गामाटो बगाएर सडकमा थुपारेपछि र खोला नजिकै पहिरो खसेपछि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सडक डिभिजन कार्यालय बागलुङबाट आएको डोजर र सुरक्षाकर्मीको पहलमा पहिरो पन्छाइएपछि सडक सञ्चालन भएकोे जिल्ला ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो । सडक खुलेपछि धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र कुश्माबाट बिहानी सेवामा छुटेका लामो तथा छोटो दूरीका साधन गन्तव्यतर्फ लागेका छन् भने अन्यबाट धौलागिरितर्फ आएका रात्रिसेवाका सवारी साधन पनि छुटेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.