लोभेलको हाईड्रो मिट २०१६ सम्पन्न

  २०७३ असोज २ गते ८:४७     विकासन्युज

lovol_काठमाडौं, २ असोज । ईलेक्ट्रो मेकानिकल उत्पादन तथा बिक्रि बितरणका लागि विश्व प्रसिद्ध लोभेल ईनर्जी ईण्डियाको आयोजना काठमाडौंमा हाईड्रो मिट २०१६ कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपालका ख्यातिप्राप्त हाईड्रो पावर सञ्चालक, प्रबद्र्धक, लगानीकर्ता बैंकर तथा परामर्शदाताहरुको सहभागी थिए ।

हाईड्रो पावर परियोजनाका लागि आवश्यक पर्ने इलेक्ट्रोमेकानिकल प्रणालीका अतिरिक्त बिद्युत प्रसारण र परियोजना निर्माणमा आवश्वक अन्य सेवाहरु प्रदान गर्नका लागि लोभेल ईनर्जीको तर्फबाट प्रदान गर्न सकिने सेवा सुबिधाहरुको बारेमा सम्बद्ध पक्षहरुलाई जानकारी दिइएको थियो । लोभेल ईनर्जीसंग बिभिन्न देशमा जलबिद्युत उत्पादन तथा परियोजना तयार गर्ने क्षेत्रमा ४ दशक भन्दा लामो अनुभव रहेको छ ।

लोभेलले भारत, इण्डोनेशिया, भियतनाम, फिलिपिन्स, युगाण्डा, जापान, लाओस, टर्की र आर्मेनिया लगायत विश्वका बिभिन्न मुलुकहरुमा कम्पनिले जल बिद्युत परियोजनाहरु सम्पन्न गरिसकेको छ र केहि निर्माणका चरणमा छन् ।लोभेल ईनर्जीद्धारा उत्पादित फ्रान्सिस, पेल्टन, कप्लान र एक्सेल लो लगायत बिभिन्न टर्वाईन प्रस्तुत गर्दै कम्पनिका कार्यकारी निर्देशक गौतम करले ठुला तथा साना सबैखाले जलविद्युत परियोजनाहरुमा लोभेल ईनर्जीका ईलेक्ट्रो मेकानिकल उत्पादनहरु उपयुक्त रहेको बताए ।

कार्यक्रममा लोभेल ईनर्जीको आधिकारीक स्थानिय प्रतिनीधि मरुन ट्रेडिंगका कार्यकारी निर्देशक मुक्तिनाथ शर्माले नेपालको जलबिद्युत उत्पादन तथा बिकासका लागि आवश्यकताहरुको अध्ययन गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.