पूर्णिमा विकास बैंकले २६ प्रतिशत बोनस सेयर दिने

  २०७३ असोज २ गते ७:४७     विकासन्युज

purnimaकाठमाडौं, २ असोज । पूर्णिमा विकास बैंकले सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको निर्णयलाई राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ३८ करोड रुपैयाँ हुनेछ । आइतबार बैंकको प्रतिकित्ता सेयर करिब ५०२ रुपैयाँमा बिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.