लडाकु शिबिर भ्रष्टाचार काण्ड, अख्तियारले बार्गेनिङ गरेको माओवादी आरोप

  २०७३ असोज २ गते ५:१८     विकासन्युज

lokmansingh_karkiकाठमाडौं, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन माओवादी लडाकु शिबिरमा भएको अनियमितता छानबिन गर्न थालेपछि माओवादीले त्यसलाई बार्गेनिङको आरोप लगाएको छ ।

पुर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता बर्षमान पुनले अख्तियारले आत्तिएर राजनीतिक बार्गेनिङ गरेको आरोप लगाएका हुन् । आयोगले लडाकु शिबिर भ्रष्टाचार काण्डमा मुछिएका माओवादी नेताहरुलाई ३० दिन भित्र बयानका लागि डाकिसकेको छ । पुर्व अर्थमन्त्री समेत रहेका पुन समेत सो अनियमितता काण्डमा मुछिएका नेता हुन् ।

उनका अलवा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, राम बहादुर थापा, अर्थमन्त्री कृष्ण बहादुर महरा, उर्जा मन्त्री जनार्दन शर्मा, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई लगायतका नेताको नाम मुछिएको छ ।  अन्नपुर्णपोष्टमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.