एनसेल मेलामा रमाए पोखरेली र पर्यटकहरु, चर्चित गायकका उत्कृष्ट प्रस्तुति

  २०७३ असोज २ गते ५:१७     विकासन्युज

काठमाडौं, २ असोज । देशको अग्राणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदान प्रदानग र्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा एनसेल मेला भव्य रुपमा आयोजना गरेको छ ।
ncell_pokhara
एनसेल मेलामा, पोखरेलीहरुका साथै पर्यटकहरुको उत्साहजनक सहभागिता रहेको थियो । मेलाको मुख्य आकर्षणमा चर्चित कलाकारहरु तथा सांगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु रहेका थिए ।

चर्चित कलाकार तथा गायक सुगम पोखरेल, मिलन अमात्य, शिव परियार, एक्स ब्याण्ड तथा लाहुरेले मेलाम ाआफ्नो उत्कृष्ट गीतहरु गाएका थिए । हाँस्य कलाकार सन्दिप क्षेत्रीले सबैलाई आफ्नो प्रस्तुती मार्फत हँसाए भने कार्टुन्जक्रु र युभिएन्जल्स्को प्रस्तुती मादर्शकहरु मत्रमुग्ध भएका थिए ।

गायक सुगमपोखरेलको ‘झिल्के’ र‘प्रेम गीत’, मिलनअमात्यको ‘गाला रातै’ र ‘स्लोली स्लोली’, शिव परियारको ‘क्यादामीभो’ र ‘रुपौली रानी’जस्ता गीतहरुमा दर्शकहरु आफु पनि गाउँदै नाचेका थिए ।
ncell_pokhara2
एक्स ब्याण्डले आफ्नो लोकप्रियगीतहरु ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चियाबारीमा’अनि लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’गाएर दर्शकहरुलाई उत्साहित बनाएका थिए ।

सबै उमेरका मानिसहरुलाई मनोरन्जन प्रदान गर्नका लागि एनसेल मेलामा विभिन्न गतिविधि तथा कार्यक्रमहरु समावेश गरिएका थिए । गेम स्टलहरुमा विषेशत युवाहरुको भीड देखिन्थ्यो । मेलामासुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेमहरु राखिएका थिए । थुप्रै गेम स्टलहरुमा आगन्तुकहरुले उपहारहरु पाएका थिए भने किड्स जोनमा रहेको इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबीगल्फ र ट्रेन लगायतमा बालबालिकाहरु रमाई रमाई खेलेका थिए ।

मेलामाआगन्तुकहरुले एनसेलको सेवातथा सुविधाहरु आकर्षक अफरका साथ लिन पाएका थिए । त्यसैगरी डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विशेष हाईटेक जोनमा दर्शकहरुले चलाएर हेर्न सकिने व्यवस्था मिलाईएको थियो । आगन्तुकहरुको लागि नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको फुड स्टलहरुका साथै दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ जस्ता आकर्षणहरु रहेका थिए ।

ncell_pokhara3

“पर्यटकीय नगरी पोखरामाएनसेल मेला आयोजना गरेर नजिकिदै गरेको चाडपर्वको शुभकामना आदान प्रदान तथा खुशी साटासाट गर्न पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने । नारायणघाट र पोखरा पश्चात, एनसेल मेलाअसोज ३ गते बुटवलमा, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा पुगी आयोजना पश्चात समापन उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.