९ अर्ब १८ करोडको कृषि बीमा

  २०७३ असोज २ गते ४:२४     विकासन्युज

agro_insuranceकाठमाडौं, २ असोज । दुई बर्षभित्रै ९ अर्ब १८ करोड रुपैंयाँ बराबरको कृषि बीमा भएको छ । अघिल्ला बर्षहरुको तुलनामा पछिल्लो दुई बर्षमा कृषि बीमाको संख्या ८८ प्रतिशतले वृद्धि भएको हो । कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न, बिभिन्न कारणबाट बाली तथा पशुपंक्षिमा हुने क्षतिबाट किसानलाई राहत दिन तथा बीमा व्यवसायको प्रवद्र्धनका लागि कृषि विकास मन्त्रालयले २०६९ सालदेखि कृषि बीमा सुरु गरेको थियो ।

गत आर्थिक बर्षमा मात्रै ४ अर्ब ९९ करोड ७७ लाख रुपैंयाँ बराबरको कृषि बिमा भएको छ । कृषि बीमामा किसान तथा बिमक कम्पनीहरुको आकर्षण नदेखिएपछि बीमा समितिले २०७१ सालदेखि बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बीमा गर्न निर्देशन दिएको थियो ।
अन्नपुर्णपोष्टमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.