२८ देशमा आईफोन सेभेन बिक्री सुरु, आईफोन लिनका लागि रातभर लाइन

  २०७३ असोज १ गते १४:०१     विकासन्युज

काठमाडौं, १ असोज। एप्पलले शुक्रवारदेखि विश्वका २८ देशमा आईफोन सेभेन र आईफोन सेभेन प्लसको बिक्री शुरू गरेको छ । अमेरिका, चीन, अस्ट्रेलिया, जापान र हङकङ समेत २८ देशमा आईफोन सेभेन आइपुगेको हो ।

यो पटक पनि मानिसहरु आईफोनको नयाँ सेट किन्नका लागि विभिन्न देशका एप्पल स्टोर अगाडि पाल टाँगेर दुई दिन अघिदेखि बसेका छन् ।

समाचार अनुसार भारत, नेपाल र नेदरल्यान्डबाट मानिसहरु आईफोन किन्न लण्डन पुगेका छन् । तर एप्पल स्टोर अगाडि लामो लाइन लागेर पुगेकाहरु आफ्नो मन पर्ने जेट ब्ल्याक कलर बिकिसकेको खबरले भने निराश भइरहेका छन् ।

शुक्रवारदेखि २८ देशमा आईफोन सेभेन र आईफोन सेभेन प्लसको बिक्री शुरु भएको हो ।

७ सेप्टेम्बरबाट आईफोन सेभेन र आईफोन सेभेन प्लस ३२ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भएको सेट एप्पलले लन्च गरेको थियो ।  बिना हेडफोन ज्याकवाला आईफोनको अमेरिकामा मूल्य ६८ हजार सात सयबाट सुरु भएको छ ।

अमेरिकामा स्टोर बाहिर रातभर उभिएकाहरुलाई भेट्न एप्पलका सीईओ टिम कुक पनि पुगेर उनीहरुको हौसलाको प्रसंशा गरे ।

चीनको संघाईमा सयौं मानिस स्टोर बाहिर बसिरहेका छन् । उनीहरु कम्तिमा दुईवटा फोन किन्ने हेतुले एप्पल स्टोरबाहिर धर्ना हालेर बसेका हुन् ।

न्यूयोर्कस्थित फिफ्थ एभेन्यू इलाकामा एप्पल स्टोर बाहिर आईफोन प्रेमीहरु बिहीबार रातिदेखि लाइन लागेर बसेका छन् ।

जर्मनीको ह्याम्बर्ग र बर्लिनमा पनि मानिसहरु चसो मौसमको प्रवाह नगरी आईफोनकै लागि एप्पल स्टोर अगाडिको सडकमा बसेर रात बिताए ।

वासिङ्गटनमा पनि आईफोनको गजबको क्रैज देखियो । यहाँ पनि मानिसहरु लाइनबाट हट्न तयार छैनन् । टर्की जस्ता देशबाट पनि आईफोन किन्न मानिसहरु अमेरिका पुगेका छ्न ।

लण्डनमा वर्षातका बाबजुत आईफोन प्रेमीको जोशमा कमी देखिएको छैन । मानिसहरु साप्ताहिक विदामा रमाउन छाडेर एप्पल स्टोर बाहिर उभिएका छन् । यहाँ ४९ वर्षीया पोल ड्यु बफलाई आईफोनको पहिलो सेट मिलेको छ ।

 

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.