सामसुङलाई फेरि झट्का, ग्यालेक्सी एस ७ एज पनि पड्कियो !

  २०७३ असोज १ गते १३:५०     विकासन्युज

काठमाडौं, १ असोज। कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले फेरि समस्या भोग्नुपरेको छ। हालै कम्पनीको फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी नोट ७ को ब्याट्री पड्केपछि अब फेरि एस ७ एज पनि पड्केको छ।
 
कम्पनीले यसअघि नै नोट ७ नकिन्न र नचलाउन अनुरोध गरिसकेको छ। अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार बेलायतकी एक युवतीले ग्यालेक्सी एस७ एज पड्केको बताएकी हुन्।
३० वर्षीय सारा बेलायतको विथम शहरस्थित एक क्याफेमा उनले आफ्नो फोन तातेको र बेलुनजस्तो फुलेको महसुस गरिन्। उनको फोनबाट धुँवा आउन थाल्यो र केही छिनमै पग्लियो। यो घटना क्याफेको सिसिटिभी क्यामरामा पनि कैद भएको बताइएको छ।
साराले बेलायती अखबार द सनलाई आफ्नो फोन तातेपछि टेबलमा राखेको र केही समयमा नै फोन पग्लेको बताएकी छन्।
साराले यो विषयमा सिसिटिभी फुटेजसहित सामसुङलाई गुनासो पठाएको बताएकी छन्। यसबारे सामसुङले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.