आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा सहयोग गर्ने विषयमा नेपाल चेम्वर र एशोचामबीच समझदारी

  २०७३ असोज १ गते ११:१०     विकासन्युज

काठमाडौं, १ असोज । नेपाल चेम्वर अफ कमर्स र एशोचाम (दि एशोसिएटेड चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज इण्डिया) बीच भारतको नयाँ दिल्लीमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणको अवसरमा दाहालको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
nepal_chanber
नेपाल र भारतबीचको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्न सहयोग पु¥याउने उद्देश्यले भएको समझदारी पत्रमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा. राजेश काजी श्रेष्ठ र एशोचामका अध्यक्ष सुनिल कनौरियाले हस्ताक्षर गर्नु भएको हो ।

समझदारीले भारततर्फको निकासी सहज हुने र नेपालमा भारतीय लगानी तथा प्रविधि अभिवृद्धि गर्न थप मद्दत पुग्न जाने चेम्वरको विश्वास रहेको छ । त्यसैगरी दुई देशका निजी क्षेत्रको सम्बन्ध अभिवृद्धि भई समग्र नेपाल र भारतबीचको व्यापार तथा लगानी थप सहज हुने विश्वास चेम्वरले लिएको छ ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री प्रकाश शरण महतको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.