कैलाश विकास बैंकले २५ प्रतिशत लाभांश दिने

  २०७३ भदौ ३१ गते ६:४८     विकासन्युज

kailash_bikash_bankकाठमाडौं, ३१ भदौ । कैलाश विकास बैंकले लगानी कर्तालाई २५ प्रतिशत लाभांश दिने भएको छ । भदौ २९ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले लगानी कर्ताहरुलाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि बैंकले सो मात्रामा लाभांश वितरण गर्नेछ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४३ करोड ९४ लाख खुद नाफा आर्जन गरेको थियो ।

एक अर्ब ५८ करोेड चुक्ता पुँजी रहेको कैलाश विकास बैंकको जगेडा कोषमा ८६ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २७ रुपैंयाँ ७१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ ८९ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.