जहाज किन्न निगमलाई सञ्चय कोषले २५ अर्ब दिने

  २०७३ भदौ ३० गते ९:२६     विकासन्युज

nac_1काठमाडौं, ३० भदौ । नेपाल वायुसेवा निगमलाई वाइड बडी जहाज खरिद गर्न कर्मचारी सञ्चय कोषले २५ अर्ब ऋण दिने भएको छ । नेपाल सरकारको जमानीमा कोषले निगमलाई वाइड बडी जहाज खरिदका लागि २५ अर्ब ऋण दिन तयार भएको हो । यसअघि पनि कोषले निगमलाई १२ अर्ब ऋण दिईसकेको छ ।

सरकारी जमानीमा प्राप्त सोही ऋणबाट निगमले चिनियाँ जहाज खरिद गरेको हो । कति प्रतिशत ब्याजदरमा ऋण दिने भन्नेबारे कुनै सहमति नभएपनि निगम र कोषबिच ऋणबारे भने मौखिम सहमति भैसकेको छ । चिनियाँ जहाज खरिदका लागि लिएका ऋणको ब्याज महंगो भएपछि निगम व्यवस्थापनको आलोचना भएको थियो ।

निगमले चिनियाँ जहाज खरिदका लागि कोषसँग १२ प्रतिशत ब्याजदरमा ऋण लिएको थियो । पछि त्यसलाई घटाएर १० प्रतिशतमा झारिएको छ । हाल निगमले कोषलाई १० प्रतिशतका दरले ब्याज तिरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.