लक्ष्मी बैंकको दुई नयाँ शाखा बागलुङ्ग र स्याङ्गजामा

  २०७३ भदौ ३० गते ९:१६     विकासन्युज

laxmi_bank_burtibangकाठमाडौं, ३० भदौ । बिहीबारदेखि लक्ष्मी बैंकले दुई नयाँ शाखा बुर्तीबाङ्ग (बागलुङ्ग) र गल्याङ्ग (स्याङ्गजा)मा शुभारम्भ गरेको छ । बैंकिङ् सेवाहरु सहज रुपमा पुर्याउने उद्देश्यले बैंकले पश्चिमाञ्चलका यी दुई स्थानमा नयाँ शाखा खोलेको हो ।

नयाँ शाखाको विस्तारसँगै बैंकले बैकिङ्ग क्षेत्रमा पहुँच नभएका बजारहरुमा ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने बताएको छ । साथै बैंकले शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने विश्वास लिएको छ ।

आर्थिक वर्ष २०७२/७३मा ४८ अर्ब १५ करोड रुपैयाँ अर्ब निक्षेप र ४० अर्ब ३५ करोड रुपैयाँ कर्जा पुर्याएको छ । सोहि वर्षमा बैंकले ११५ करोड रुपैयाँको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

हाल बैंकको शाखा सञ्जाल अर्ब ५४, २ विस्तार काउन्टर अनि ७३ एटिएम पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्यलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.