इन्टेक्स मोबाइलको अक्वा रिङ बजारमा, मुल्य ९१९९ मात्रै

  २०७३ भदौ ३० गते ७:११     विकासन्युज

aqua_ring_grey-1काठमाडौं, ३० भदौ । इन्टेक्स मोबाइलको अक्वा रिङ स्मार्ट फोन नेपाली बजारमा भित्रिएको छ । अक्वा रिङमा १ जीबीको र्याम, ८ जीबीको रोम, ५ इञ्चको स्क्रिन, १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर लगायतको सुबिधा रहेको छ ।

नयाँ मोबाइलले नेपाली उपभोक्ताहरुका लागि उपयुक्त हुने इन्टेक्स टेक्नोलोजीका डेपुटी जनरल मेनेजर विश्वास अग्रवालले बताए । चौधरी ग्रुपका सिनियर जेनेजर मेनेजर रमेश श्रेष्ठले पनि दशैं तिहार लगायतका चाडबाडमा अक्वा अक्वा रिङले स्मार्ट फोनका पारखी नेपालीहरुको मन जित्ने दावी गरे ।

इन्टेक्स मोबाइलमा २१ वटा क्षेत्रिय भाषाको प्रयोग गरिएको छ । यसमा ओपेरा मिनी, क्लिन मास्टर, न्युजहन्ट, फ्रि चार्ज, आई स्टोर लगायतका एप्सहरुको उपलब्धता रहेको छ । अक्वा रिङको मूल्य ९ हजार एक सय ९९ रुपैंयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.