बुद्ध एयरमा स्याल ठोक्कियो, अप्रिय घटना हुनबाट जोगियो

  २०७३ भदौ २९ गते ०:४८     विकासन्युज

भदौ २९, भदौ । विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार साँझ स्याल ठोक्एिको छ । जहाज अवतरण गर्न कोटेश्वरतर्फको अन्तिम ट्याक्सी–वे ( पार्किङ) मा छिर्दै गर्दा स्याल ठोक्किएको हो । स्याल ठाउँको ठाउँ मरेको छ ।

गुडिरहेको विमानका चालक शैलेश महतले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो जहाजले ट्याक्सी–वेमा पस्दै गर्दा स्यालसँग ठोकिएको जानकारी गराए । चालकको जानकारीपछि विमानस्थलको रात्री सिफ्टका कर्मचारी र शुरक्षाकर्मी घटनास्थल पुगे ।buddha---air

बुद्ध एयरको उक्त विमान र यात्रुलाई केही भएन । बुद्ध एयरका प्रबन्धक रुपेश जोशीका अनुसार, चालकले धावनमार्गमा दुइटा स्याल ककपिटबाट चालकदलले देखेका थिए । तीमध्ये एउटा स्याल जहाजमा ठोक्किएर घटनास्थलमै मृत्यु भयो ।

यो घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दोस्रोपटक पुनस् बन्द हुन गयो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार, बुद्ध एयरको विमानमा स्याल ठोकिएपछि विमानस्थल २२ मिनेट बन्द गर्नुपर्‍यो । ‘धावनमार्गमा रगतैरगत थियो, ७ बजेर ३१ मिनेटदेछि ७ बजेर ५३ मिनेटसम्म धावनमार्ग बन्द गर्नुपर्‍यो,’ उनले भने ।

यो घटनाका कारण ओमनको राजधानी मस्कटबाट काठमाडौं अवतरण गर्नै लागेको ओमन एयरको विमान भारतको लखनउ डाइभर्ट भयो । ‘जहाज होल्ड गर्न प्रयाप्त तेल थिएन, पाइलटले होल्डमा बस्नु भन्दा लखनउतर्फ जहाज फर्काए,’ ओमन एयरका काठमाण्डु एयरपोर्ट सर्भिस म्यानेजर भरत श्रेष्ठले भने । ‘होल्डमा बस्नका लागि आठ मिनेटभन्दा बढीका लागि इन्धन थिएन,’ श्रेष्ठले भने । यहीबेला कतारको राजधानीबाट आएको कतार र इतिहाद एयरलाइन्सका दुइटा विमान होल्डमा रहेको समाचार बुधबारको कान्तिपुर दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.