भूकम्प पछिको पूर्ननिर्माणबारे सांसदसँग सार्वजनिक सुनुवाई

  २०७३ भदौ २८ गते ७:२३     विकासन्युज

quakeकाठमाडौं, २८ भदौ । ललितपुरमा भूकम्पपछिको पूर्ननिर्माणका बारेमा जनप्रनिधीसँग सार्वजानिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ । हिमालयन ह्युमन राइट्स मोनिटर्स(हिमराइट्स)को आयोजना तथा ग्लोबल फ्यामिली भिलेजको सहयोगमा आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रममा सांसदहरुलाई स्थानिय जनताले प्रश्न गरेका थिए ।

कार्यक्रममा ललितपुर क्षेत्र नम्बर ३ का सांसद मदन अमात्यले भूकम्प पछिको पुनर्निर्माण र पुर्नस्थापनाका बारेमा जानाकरी गराएका थिए । करिब ६९ जना भूकम्प पिडित स्थानिय महिला, किशोरकिशारीहरुको सहभागिता रहेको उक्त संवाद कार्यक्रममा बज्रबाराही नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थी लगायतले पुननिर्माणका कामबारे ब्रिफिङ गरेका थिए ।  कार्यक्रममा स्थानिय जनताले भूकम्पपछिको पुनस्थापना तथा पुननिर्माणका काममा ढिलासुस्ती भैरहेको गुनासो गरेका थिए ।

सांसद मदन बहादुर अमात्यले राहत वितरण प्रणाली तथा भूकम्प पिडितको सवालहरुमा राज्य अझैपनि गम्भिर ढंगले लाग्न नसकेको स्विकार गरेका थिए । उनले भूकम्प पिडितको लागि निति तथा कार्यक्रमहरु बनाईएको भएतापनि वितरण प्रणालीमै समस्या रहेको पनि बताए ।

त्यस्तै बज्रबाराही नगरपालिकाका कार्यकारी अधिकृत पन्थीले भूकम्प पिडितहरुको लालपूर्जा दर्ता प्रणाली, नक्सा पास लगायत समस्याहरु पिडित आफै आएर जाहेरी दिएको खण्डमा आफूले सहयोग गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.