राजनीतिक दलको खातामा पाँचकरोड रुपैयाँसम्म, कुन पार्टी कति धनी ? सूचीसहित

  २०७३ भदौ २७ गते २:०८     विकासन्युज

काठमाडौं २७ भदौ । राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा लेबीलाई लिने गरिएको छ। दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन्।

घरभाडादेखि पार्टीका गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य मानिन्छ। यद्यपी राजनीतिक दलहरू आफ्नो आयव्यव खुलेर सार्वजनिक गर्न हिचकिचाउँछन्। कसरी चलिरहेका छन् त पार्टीहरू भन्ने समाचार सोमबारको नेपाल समाचारपत्रमा छापिएको छ।nepali - rupes

संसदमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको खातामा ५ करोड रपैयाँ बचतका रूपमा देखिएको छ।

भर्खरै पार्टी र भातृ संगठन नेविसंघको महाधिवेशन सम्पन्न भएकाले पनि पार्टीको खातामा धेरै रकम जम्मा भएको हो।

कांग्रेसले क्रियाशिल सदस्यता, नयाँ सदस्यता तथा पुराना सदस्यहरूबाट सदस्यता शुल्कस्वरूप लेबी संकलन गर्ने गरेको छ।

नयाँका लागि २ सय र पुरानाका लागि १ सय संकलन गर्ने कांग्रेसको प्रावधान छ।

प्रमुख ६ पार्टीको खातामा कति रुपैयाँ ?

नेपाली कांग्रेस ५ करोड
नेकपा एमालेको ४ करोड
संघीय समाजवादी फोरम नेपाल २५ लाख
नेकपा माओवादी केन्द्र ५ लाख
राप्रपा नेपाल ४ लाख ८३ हजार
नेकपा माले ४ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.