उच्च आर्थिक वृद्धिका लागि थाइल्याण्डमा नयाँ योजना

  २०७३ भदौ २६ गते ९:०६     विकासन्युज

बैङ्कक, २६ भदौ । थाइल्याण्डले उच्च आर्थिक वृद्धिका लागि नयाँ आर्थिक योजना ल्याएको छ । थाइ प्रधानमन्त्री प्रयुट चान ओचाले अर्को हप्ता फुकेटको यात्राको क्रममा योजनाको घोषणा गर्ने भएका छन् ।

राष्ट्रिय विज्ञान र प्रविधि विकास संस्थाका निर्देशक चालरेमपोल टुचिण्डाले सानादेखि ठुलासम्मका सवै प्रकारका व्यापारिक प्रतिष्ठानलाई प्रविधि र नयाँपनमा जोड दिन लागिएको बताए ।

थाइ सरकारले ल्याएको नयाँ आर्थिक योजनाले असन्तुलित र विभेदपूर्ण विकासलाई न्युनिकरण गर्ने उप बाणिज्यमन्त्री सुभित माइसिन्सीले विश्वास व्यक्त गरेका छन् ।

उनले एक पत्रकार सम्मेलनमा संवाददातालाई नयाँ आर्थिक योजना कार्यान्वयनका लागि नीतिगत पुनर्ताजगी कार्यप्रणालीमा रुपान्तरण र लगानीमैत्री रुपान्तरणलाई आर्थिक वृद्धिका तीनवटा तत्वका रुपमा समेटिएको छ ।

थाइल्याण्डले कृषि, ऊर्जा, उद्योग र ठुला उद्योगलाई महत्व दिएर आर्थिक विकासलाई अगाडि बढाउन लागेको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.