राजधानीलाई ६५ करोडका खसी–बोका, नेपाली बजारका १५ करोडका मात्रै बाँकी सबै भारतबाट

  २०७३ भदौ २६ गते १:३८     विकासन्युज

काठमाडौं २६, भदौ । आगामी दशैंका लागि राजधानीमा विभिन्न जिल्लाबाट ६५ करोडको खसीबोका आउने भएकको छ । व्यवसायीले दशैंका लागि करिब ६५ करोड मूल्यका खसी–बोका राजधानी ल्याउने तयारी थालेका छन् । त्यसमध्ये करिब ५० हजार खसी–बोका भारतबाट आयात र बिक्री हुने व्यवसायीको भनाइ छ।

चौपाया खरिद–बिक्री सेवा संघका संरक्षक दीपक थापाले दशैंमा भारतीय खसी धेरै आयात हुने जानकारी दिए । उनका अनुसार यसपटक तुलनात्मक रूपमा धेरै भारतीय खसी आयात हुनेछन् । संघमा करिब तीन सय व्यवसायी आबद्ध छन्। khasi

ती व्यवसायीले भारतका विभिन्न बजारबाट खसी–बोका आयात गर्नेछन्। दशैंमा करिब १५ करोडका खसी–बोका मुलुकभित्रकै अन्य जिल्लाबाट राजधानीमा ल्याउने तयारी गरिएको छ ।

भारतबाट साताको दुईपटक आइतबार र बिहीबार २० गाडी खसी–बोका आयात भइरहेको छ । एउटा गाडीमा २ सयदेखि २ सय ५० वटासम्म खसी–बोका अट्छन् ।

फूलपातीको आसपास पुगेपछि ५ दिनसम्म प्रत्येक दिन दैनिक २० गाडीका दरले आयात हुने संघका अध्यक्ष गोविन्द पाठकले जानकारी दिए । ‘दसैँमा मागअनुसार खसी–बोका आपूर्ति गर्न सबै व्यवसायी तयार भएर बसेका छौँ,’ उनले भने । समाचार स्रोतः नयाँ प्रत्रिका दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.