संसारभरी इन्टरनेट दिने लक्षका साथ स्पेशमा पठाउन लागेको फेसबुकको रकेट विष्फोट, २२ अर्व रुपैयाँको क्षती

  २०७३ भदौ २५ गते १५:२६     विकासन्युज

काठमाडौं, २५ भदौ । आउँदो साता लन्च गर्ने तयारी भइरहेको फेसबुकको स्याटेलाइट विस्फोट भएको छ। ‘स्पेस एक्स एस फाल्कन ९’ नाम रहेको उक्त रकेट फ्लोरिडास्थित केपकानाभरल लन्च प्याडमा विस्फोट भएको हो।
रकेट इन्जिनको स्टेटिक फायर टेस्ट गर्ने क्रममा सो स्याटेलाइट विस्फोट हुन पुगेको थियो। स्पेस एक्सका अनुसार यो दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन।
स्पेस एक्सले सुरुमा लन्च प्याडको अनिमितताका कारण दुर्घटना भएको बताएको थियो। तर पछि भने फाल्कन ९ को माथिल्लो भागमा रहेको अक्सिजन ट्याङकमा समस्या आएपछि विस्फोट भएको बताएको छ। विस्फोटपछि फेसबुकका प्रतिनिधिले उक्त घटनाबाट आफूहरु एकदमै निराश भएको बताएका छन्।
फेसबुकले सब-सहारान अफ्रिकामा इन्टरनेट पुर्‍याउनका लगि ‘अमोस ६’ नामक स्याटेलाइट प्रयोग गर्न लागेको थियो। फेसबुकको इन्टरनेट डट ओआरजी अभियानमार्फत २०१५ अक्टोबर ५ मा इन्टरनेट ओआरजीको सुरुवात गरिएको फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका थिए।
स्याटेलाइटको डिजाइन, उत्पादन लगायतबारे भने २०१२ नोभेम्बर १२ मा सम्झौता गरिएको थियो। जसको अनुमानित लागत १९५ मिलियन डलर रहेको थियो।
आफ्नो पहिलो स्याटेलाइटको क्षतिले आफू एकदमै निराश भएको जुकरबर्गले बताएका बताएका छन्। ‘म यहाँ अफ्रिकामा छु। स्पेस लन्चको असफल परीक्षणले स्याटेलाइट विस्फोटको घटनाप्रति म एकदमै निराश छु,’ उनले फेसबुक पेजमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.