अदुवाको निर्यात प्रतिवन्ध खुल्यो, विषदी नभएको पुष्टि

  २०७३ भदौ २५ गते १:१७     विकासन्युज

काठमाडौं २५, भदौ । नेपाल अदुवामा विषदी भेटिएको भन्दै निर्यातमा लागेको रोक शुक्रबारबाटे खुलेको छ । भारतको कोलकातास्थित खाद्य प्रयोगशालाले नेपाली अदुवामा कुनै विषादी नमिसिएको प्रतिवेदन दिएपछि शुक्रबारबाट निकासी खुला भएको हो ।

भारतले नेपाली अदुवामा एल्डिकार्ड नामक प्रतिबन्धित विषादी फेला परेको भन्दै ‘भारतीय बजारमा प्रवेश नदिन’ आफ्ना सबै भन्सार कार्यालयलाई परिपत्र गरेको थियो। यही परिपत्रका आधारमा करिब दुई सातादेखि कुनै पनि भन्सार नाकाबाट अदुवा भारत छिर्न पाएको थिएन।Aduwa_11

नेपाली व्यवसायीले यसको विरोध गरेपछि भारतीय पक्षले पुनः गुणस्तर परीक्षण गर्न करिब एक हजार किलो नमूना कोलकाता प्रयोगशाला लगेको थियो। त्यसैको रिपोर्टका आधारमा शुक्रबारबाट प्रतिबन्ध हटाइएको हो।

‘भारतीय खाद्य प्रयोगशालाले नेपाली अदुवामा कुनै विषादी मिसिएको छैन भन्ने रिपोर्ट आफ्नो भन्सार कार्यालयलाई पठाएपछि प्रतिबन्ध हटेको छ,’ नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्रकुमार खड्काले सेतोपाटीसँग भने, ‘शुक्रबारबाटै नेपाली अदुवा भारत जान थालिसकेको छ।’

संघका व्यवस्थापक सत्यम खड्काका अनुसार शुक्रबार बेलुकी ५ बजेसम्म २४ गाडी अदुवा भारत छिरिसकेको छ भने ९ गाडी छिर्ने तर्खरमा छ। यसअनुसार शुक्रबार मात्रै लगभग ५ सय टन अदुवा निकासी हुन्छ। साबिकमा दिनको औसत साढे ३ सय टन निकासी हुँदै आएको उनले बताए । नेपालबाट निकासी हुने अदुवाको ६५ प्रतिशत बजार कलकत्ता हो। बाँकी दिल्ली लगायत अन्य सहरमा खपत हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.