सामसुङको नोट सेभेनलाई विमानमा प्रतिबन्ध, विष्पोटको खतरा मुख्य कारण

  २०७३ भदौ २४ गते १५:०५     विकासन्युज

काठमाडौं, २४ भदौ । सामसुङ मोवाईल्सको पछिल्लो उत्पादन ग्यालेक्सी नोट सेभेन मोबाइल विष्फोट हुन थालेपछि अष्ट्रेलीयाका केही विमान कम्पनीहरूले यात्रुहरूलाई यात्रा अवधिमा सो मोवाइल बोक्न प्रतिबन्ध लगाएका छन् ।
galaxy-note-7

ब्याट्रीमा देखिएको खराबीका कारण चार्ज गर्ने बेलामा केही मोबाइल फोनहरू विष्फोट भएपछि सामसुङले बिक्री गरेको मोबाइलहरू फिर्ता गर्न आव्हान समेत गरेको छ । यो घटनाले गर्दा सामसुङको करिब १ खर्ब ५० अर्ब रूपैँया नोक्सान हुने अनुमान गरिएको छ ।

नोट सेभेनलाई अस्ट्रेलियाको मुख्य एयरलाईन्सहरू क्वान्टास, भर्जिन अस्ट्रेलिया, टाइगर एयरवेज र जेटस्टारले आफ्ना यात्रुहरूलाई बोक्न प्रतिबन्ध लगाएको छ भने अन्य मोबाइलहरूलाई विमान भित्र चार्ज गर्न पनि रोक लगाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.