अभियोगबिनै ८८ दिन हिरासतमा, पौने ३ करोड धरौटी माग

  २०७३ भदौ २४ गते १:१०     विकासन्युज

काठमाडौं २४, भदौ । संविधानप्रदत्त मौलिक अधिकार र विभिन्न समयमा सर्वोच्च अदालतका आदेशद्वारा स्थापित नजिरको अवज्ञा गर्दै प्रहरीले एक नागरिकलाई अदालतमा प्रस्तुत नगरी ८८ दिन हिरासतमा राखेको छ ।jel-_1

कानुनबमोजिम पक्राउ परेका आरोपितलाई २५ दिनभित्रै मुद्दा चलाउनुपर्ने बाध्यात्मक व्यवस्था उल्लंघन गरेर उनलाई नख्खु कारागारमा बन्दी बनाइएको छ ।

उनलाई संविधानबमोजिम २४ घन्टाभित्र अदालतमा हाजिर गराइएको समेत छैन । रसुवा टिमुरे ५ का २६ वर्षीय काङकाङ तेन्जिङ तामाङलाई अभियोगबिनै यतिका दिनसम्म कारागारमा थुनिएको हो ।

उनलाई सुन भन्सार चोरी पैठारीको आरोपमा तिब्बतसँग सीमा जोडिएको रसुवागढी नाकाबाट जेठ ३० गते पक्राउ गरिएको समाचार शुक्रबारको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

पक्रउ परेको भोलीपल्ट उनलाई राजस्व अनुसन्धान विभागमा उपस्थित गराईयो । प्रहरिले उनलाई पक्राउ गरेको मितिसहित पक्राउन पूर्जी पनि दिएको थियो । विभागले भने उनीसँग २ करोड ८८ लाख नौ हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

उनले रकम बुझाउन नसक्ने बताएपछि विभागबाट जेठ ३२ मा नख्खु कारागारमा राख्न आदेश भयो । अहिलेसम्म कुनै अड्डाअदालतमा मुद्दा चलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.