डलर ल्याउने टुङ्गो शुक्रबारसम्म लाग्छः राष्ट्र बैंक

  २०७३ भदौ २३ गते १३:१९     विकासन्युज

bhismaraj_dhunganनेपाल राष्ट्र बैंकले डलर ल्याउने नल्याउने टुङ्गो शुक्रबारसम्म लगाउने भएको छ । डलर ल्याउने विषयमा निजी बैंकलाई दिने कि राष्ट्र बैंक आफैले ल्याउने टुङ्गो लगाउने विषय अन्तिम चरणमा पुग्न लागेको राष्ट्र बैंकका प्रवक्ता राजेन्द्र पण्डितले बताए । निर्णय हुने वित्तिकै एक सातामा डलर नेपाल आइपुग्ने उनले जानकारी दिए ।

‘बजारमा भएको हालको अभावलाई परिपूर्ति गर्न हामी डलर ल्याउने तयारीमा लागेका छौं,’ उनले भने ‘शुक्रबारसम्म गभर्नर समक्ष डलर ल्याउने फाइल पुगेर टुङ्गो लागिसक्छ ।’ ‘राष्ट्र बैंकले डलर ल्याए पनि निजी बैंकले डलर ल्याउन सक्छन्,’ उनले थपे । राष्ट्र बैंकले अहिले बजारमा देखिएको डलर अभाव पूरा गर्न सिंगापुरबाट एक करोड डलर ल्याउने तयारी गरिरहेको हो । यसका लागि करिब दुई सातायता गृहकार्य भइरहेको छ ।

विभिन्न वाणिज्य बैंकले दशैंसम्म डलर ल्याउन राष्ट्र बैंकसँग प्रस्ताव माग्दा निजी बैंकले विदेशबाट डलर ल्याउँदा विनिमय दर फरक पर्ने भन्दै राष्ट्र बैंकले आफैं डलर ल्याउन फाइल अगाडि बढाएको हो । बजार व्यवस्थित गर्न फरक विनिमय दर हुन नदिन र बजारमा एकरुपता ल्याउन राष्ट्र बैंकले सिंगापुरको सीआईएमबी बैंकमा रहेको मौज्दातमध्ये एक करोड डलर कार्गो गरेर ल्याउन पहल गरेको हो ।

‘राष्ट्र बैंकसँग डलर नभएको होइन,’ राष्ट्र बैंक वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले भने ‘सटही गर्न नगद डलरमात्र कम भएको हो ।’ नगद मौज्दाज हाम्रो देशमा मात्र नभइ अन्य देशसँग पनि नहुने उनले बताए । ढुंगानाकाअनुसार अब उपभोक्ताले बैकिङ उपकरणहरु बोक्नु गर्नुपर्छ । उपकरण प्रयोग गरेर डलर लिन चाहे रोकावट छैन, मात्र नगदकोमात्र अभाव भएको हो । नगद बोक्ने बानीले अनौपचारिक कारोबारलाई बढ्वा दिने भन्दै उनले भने ‘नगद प्रयोगलाई निरुत्साहित गर्न बैकिङ उपकरणलाई प्रोत्साहन गर्नु अहिलेको आवश्यकता हो ।’ विद्यार्थी भिसामा विदेश जानेले दुई हजार पाँच सयसम्म डलर लैजान पाउने व्यवस्थाले गर्दा नगदमा बढी आकषण देखिएको हुन् । ‘वास्तवमा पाँच सयमात्र नगद लान पाउने हो,’ उनले भन्छन् ‘यो नबुझेर उपभोक्ता मह्गो पर्ने नगदको खोजीमा दुःख पाइरहेका छन् । त्यो आवश्यकता नै छैन ।

हाल राष्ट्र बैंकसँग डेढ करोड नगद डलर मौज्याद रहेको छ । बजारमा डलरको अभाव खड्किएपछि राष्ट्र बैंकले प्रत्येक वाणिज्य बैंकलाई साताको ५ हजार डलर उपलब्ध गराउँदै आएको छ ।  स्टान्डर्ड चार्टर्ड बैंक नेपालको नेतृत्वमा नबिल बैंक, इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकले सिंगापुरबाट कार्गो गरेर डलर ल्याउने आन्तरिक तयारी गरिरहेका छन् । ‘नेपालमा डलर ल्याउन स्टान्डर्ड चार्टर्ड बैंकले राष्ट्र बैंकमा औपचारिक रूपमा अनुमति मागेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.