नबिल बैंकको कार्ड प्रयोगकर्तालाई ग्रान्डी अस्पतालमा विषेश छुट

  २०७३ भदौ २३ गते ८:१३     विकासन्युज

काठमाडौं, २३ भदौ । बिहीबार नबिल बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पताल बीच सम्झौता भएकोे छ । उक्त सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अस्पतालमा बिशेष छुट र सुविधा पाउने भएका छन् ।उक्त छुट डाक्टर परामर्श शुल्क, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको निवारक स्वास्थ्य प्याकेज बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुने बैंकले जनाएको छ ।

nabil_bank_agreement_grandi

‘‘ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप ग्रान्डी अन्तराष्ट्रिय अस्पतालसंगको यस सम्झौता भएको घोषणा गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यस सहकार्यले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई लाभ पुग्ने हामीलाई विश्वास छ ।’’ नबिल बैंकका कार्ड तथा ई बैंकिङ प्रमुख निरज शर्माले भने ।

‘‘नेपाली नागरिकलाई सेवा पुर्याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा हामीलाई धेरै खुशी लागेकोछ र यो सम्झौताले राष्ट्र सेवामा एक कदम अगाडी बढेको विश्वास गर्दछौं ।’’ ग्रान्डी अन्तराष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. मोहन दुबेले भने ।

हाल सम्म बैंकले ५२ वटा शाखा सञ्जाल ,९० वटा एटिएम, १४ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् बैंकले सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.