फास्ट ट्रयाक नेपालले नै बनाउँछः रमेश लेखक

  २०७३ भदौ २३ गते ७:३४     विकासन्युज

ramesh_lekhakकाठमाडौं, २३ भदौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले काठमाडौं निजगढ फास्ट ट्रयाक नेपाल आफैंले बनाउने स्पष्ट पारेका छन् । बिहिबार व्यवस्थापिका संसदको विकास समितिमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री लेखकले सरकार अविछिन्न उत्तराधिकारी वाला संस्था भएकाले अघिल्ला सरकारका निर्णय बमोजिम अघि बढ्ने बताएका हुन् ।

सरकार अबिछिन्न उत्तराधिकारीवाला निकाय हो, अघिल्लो सरकारका नीति तथा कार्यक्रम र बजेटले अघि सारेको मान्यता अनुसार सरकार अघि बढ्छ, भौतिक पुर्वाधार तथा यातायात मन्त्री लेखकले भने । उनले संसदिय समितिहरुका निर्देशन तथा सर्वाेच्च अदालतको आदेश समेतलाई ध्यानमा राख्दै फास्ट ट्रयाक निर्माणको काम तत्कालै अघि बढाउने स्पष्ट समेत पारे ।

उनले फास्ट ट्रयाकको वित्तिय तथा प्राबिधिक पक्ष जटिल भएकाले सोचविचार पुर्ण ढंगले अघि बढ्नु आवश्यक रहेको पनि बताएक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.