फास्ट ट्रयाक र निजगढ विमानस्थलको प्रगतिबारे श्वेत पत्र जारी गर्न निर्देशन

  २०७३ भदौ २३ गते ७:०७     विकासन्युज

fast-track-nationalकाठमाडौं, २३ भदौ । व्यवस्थापिका संसदको विकास समितिले काठमाडौं–निजगढ द्रुतमार्ग(फास्ट ट्रयाक) र निजगढ अन्तराष्ट्रिय विमानस्थलको वर्तमान अवस्थाबारे श्वेत पत्र जारी गर्न निर्देशन दिएको छ । बिहिबार बसेको विकास समितिको बैठकले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र पर्यटन मन्त्रालयलाई ति दुई आयोजनाको कार्यप्रगति र भावी योजनाबारे एक महिनाभित्र श्वेत पत्र जारी गर्न निर्देशन दिएको हो ।

समितीले फास्ट ट्रयाक र निजगढ विमानस्थल मुलुकको दिर्घकालिन विकासमा महत्वपुर्ण योगदान दिने आयोजना भएकाले सरकारले प्रस्ताव गरेबमोजिम स्वदेशी पुँजीमै निर्माण गर्न पनि भनेको छ । समितिले आवश्यकता अनुसार विदेशी सहयोग तथा ऋण समेत लिन सकिने बाटो पनि खुल्ला गरिदिएको छ ।

भूकम्प लगायतका प्रकोप आउँदा मुलुकभित्र वैकल्पिक विमानस्थल नभएकोले पनि निजगढ विमानस्थल चाँडै बनाउनुपर्ने समितिको निष्कर्ष रहेको छ । राजधानी काठमाडौं र तराईलाई जोड्ने फास्ट ट्रयाकले मुलुकको समुन्नतिको ढोका खोल्नै भन्दै यी दुबै आयोजनालाई सँगै अघि बढाउनुपर्ने पनि समितिले निष्कर्ष निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.