१० करोडमा भव्य महल बनाउँदै पर्वतारोहण संघ, पर्वतीय पर्यटन सेवा एउटै भवनबाट

  २०७३ भदौ २३ गते ५:३९     विकासन्युज

काठमाडौं २३, भदौ । नेपाल पर्वतारोहण संघ (एनएमए)ले भव्य व्यापारिक महल बनाउने भएको छ । नेपलको पर्वतीय पर्यटन र विकासको निम्ति स्थापना भएको यो संस्थाले नक्सालमा ६ तले भव्य महल बनाउने भएको छ । nma_building

१० करोड रुपैयाँ लगातको यस्तो भवनमा अन्डरग्राउण्ड पार्किङदेखि विभिन्न व्यापारिक व्यपारिक पसलसमेत हुने संघले जानकारी दिएको छ ।

संघले आगामी दुई वर्षभित्र निर्माण सक्ने यो महल पर्वतीय पर्यटनको विकास र विस्तारमा सहयोगी बनउन पनि आवश्यक रहेको उल्लेख छ एनएमए नेपालको एकमाअन्त्र अन्तर्राष्ट्रि अल्पाइनर्स क्लवलको सदस्य संस्था हो । यो संस्थाले पर्वतीय पर्यटनमा केन्द्रित तालिम तथा पर्वतीय पर्यटनको विसकासको लागि चार दशकदेखि काम गर्दे आएको छ । संस्थाले भवन निर्माण गर्न विस्तृत योजना पनि तयार पारिसेकेको भवनाका डिजाइनर मनिष कायस्थले बताए ।

पर्वतीय पर्यटनलाई केद्रिकृत गर्ने सबै काम गर्न संघकै भवनामा कार्यालय राख्ने तयारी भएको संघले जानकारी दिएको छ ।अहिले पनि संघको ककनीमा अन्तर्राष्ट्रिय वाल क्लाइम्बिङ, ग्राउण्ड ग्रास स्की, आरोही स्मृति पार्कसहितका गतिविधि हुने गरेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालय रहेको छ । केन्द्रमा हुने यो भवन भने सबै क्षेत्रका पर्वतीय पर्यटनको विकास र सहजीकरण गर्ने काममा प्रयो हुने छ । कार्यालयमा सबै पर्वतीय पर्यटनको काम र गतिविधि तथा कार्यलय रहने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.