भारतसँग नयाँ सम्झौता नगर्ने प्रधानमन्त्रीको उद्घोष, पुरानाको कार्यान्वयनमा जोड

  २०७३ भदौ २३ गते १:१२     विकासन्युज

काठमाडौं २३, भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बताएका छन् । उनले विगतमा भएका सहमति सम्झौताको कार्यान्वयनमा नेपालले जोड दिने बताएको समाचार विहिबारको अन्नपूर्ण पोष्टले छापेको छ ।Prachanda

भारत भ्रमणबारे पूर्वपरराष्ट्रमन्त्री र कूटनीतिज्ञसँग बुधबार सल्लाह सुझाव लिने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘मेरो भारत भ्रमणमा खासै नयाँ विषय छैनन् । यसपटक नयाँ सम्झौता गर्नुभन्दा पुराना सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ । भारतीय पक्षबाट पनि भ्रमणमा नयाँ विषयमा आउने छैनन् भन्ने लाग्छ । हाम्रा तर्फबाट पनि नयाँ सम्झौता गर्न जोड दिने छैनौं ।’

दाहालले आफूले लामो ‘सपिङ लिस्ट’ लिएर भारत जान नलागेको बताए । भारत भ्रमणमा जाने भन्नेबित्तिकै नेपालमा तरंग आउने गरेको भन्दै उनले आफ्नो भ्रमणलाई संशयका रूपमा नलिन आग्रह गरे ।

दाहालले भारतीय पक्षसँग हुलाकी राजमार्ग निर्माणको दोस्रो चरणअन्तर्गतको समझदारीपत्रमा हस्ताक्षर हुने बताए । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीको दुई वर्षपहिले भएको नेपाल भ्रमणका क्रममा हस्ताक्षरित ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयनको विषय भ्रमणको एजेन्डा रहेको उनले अवगत गराए ।

प्रधानमन्त्रीले तीनरचार सय मेगावाटको कुनै एउटा जलविद्युत् परियोजनामा भारतीय सहयोगका विषयमा छलफल हुन सक्ने बताए । प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो भारत भ्रमणमा छलफल भएको नौमुरे परियोजनामा भारतीय सहयोग लिनेबारे त्यस अवसरमा इंगित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.