अदुवा निकासि रोकियो, १५ वर्ष अघि नै प्रतिवन्धित विषादी भेटिएको आरोप

  २०७३ भदौ २२ गते १:०४     विकासन्युज

काठमाडौं २२, भदौ । भारतको क्वारेन्टाइनले नेपालमा उत्पादन भएको अदुवामा विषादी भेटिएको कारण देखाएर निर्यातमा रोक लगाएको छ । विषादीको कारण एक सातादेखि अदुवा निर्यातमा रोक लागेको हो ।Aduwa_11

१५ वर्षअगाडि आयात, विक्री र प्रयोगमा प्रतिवन्ध लगाइएको विषादीको अवशेष नेपाली अदुवामाा पाइएको भन्दै निर्यात रोकिएको समाचारमा उल्लेख छ ।

निर्यात रोकिएपछि नेपालको ७२ लाख किलो अदुवा अलपत्र परेको छ । निर्यात गर्न ठिक्क पारिएको यो अदुवा एक साताको मात्रै हो । कृषि विकास मन्त्रालयका अनुसार सन् २००९ मा प्रतिवन्ध लगाइएको अल्दिकार्ब नामको विषादीको अवशेष नेपाली अदुवामा पाइएको उल्लेख छ ।

भारतले यही विषादीका कारण गत भदौ १६ गतेबाट अदुवा निर्यातमा रोक लगाएको हो । भारतले विषादी भेटिएको आरोपमा रोक लगाएको भएपनि भित्री तथ्य भने नभेटिएको सरकारी अधिकारीकै भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.