चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित, कारण नेपालको तयारी कमजोर

  २०७३ भदौ २२ गते ०:४४     विकासन्युज

काठमाडौं २२, भदौ । आगामी दशैंको समय पारेर हुने भनिएको चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । chiines -president

भ्रमण स्थितिग भएको आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएको स्रोतले उल्लेख गरेको समाचार बुधबारको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।

चीनले नेपालका तर्फबाट भ्रमण सम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपालसम्बन्धप्रति नयाँ सरकारको प्रतिबद्वता नदेखिएको उसको बुझाइ समेत अवगत गराएको छ ।

अब चिनियाँ राष्ट्रपति पुसभित्र आउने सम्भानवना टरेको छ । ‘चिनियाँ राष्ट्रपतिको भ्रमणन स्थगित भएको अनौपचानरिक जानकारी आएको छ,’ एक उच्च अधिकारीले मंगलबार भने ।

भ्रमण स्थगितको तीन कारण

१. पर्याप्त तयारी अभाव

२. वान बेल्ट वान रोडमा नेपालको प्रतिवद्धताकमजोर

३. केपी ओलीसँग भएको सम्झौताको कार्यान्वयनमा गृहकार्य अभाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.