टाटाको कार टेष्ट ड्राइभ गर्नुहोस, गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनेछन्

  २०७३ भदौ २१ गते ११:२३     विकासन्युज

garibकाठमाडौं, २१ भदौ । टाटा मोटर्सले टेष्ट ड्राइभ योजना मार्फत गरिबका छोराछोरीलाई अध्ययनका लागि फण्ड जुटाउने अभियान ल्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ  प्रालीले टाटाका बिभिन्न कारहरुको टेष्ट ड्राइभ गर्दा विपन्न परिवारका बालबालिकाको शिक्षाका लागि फण्ड जुटाउने अभियान थालेको हो ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले ‘शिक्षाका लागि टेष्ट ड्राइभ’ अभियान भदौ २५ गते शनिबारदेखि सञ्चालन हुने जानकारी दिएको हो । तीन महिनासम्म सञ्चालन हुने अभियानमा न्युनतम १० हजार जनाले टेष्ट ड्राइभ गर्ने अनुमान कम्पनीले गरेको छ । सो अवधीमा टेष्ट ड्राइभ गर्ने प्रत्येक व्यक्ति वापत पाँच सय रुपैयाँ कम्पनीले शिक्षाका लागि टेष्ट ड्राइभ अभियानका लागि उपलब्ध गराउने छ ।

टेष्ट ड्राइभका लागि टाटाका टिआगो, बोल्ट र जेष्ट कार राखिनेछन् । टाटा मोटर्सको नेपालका लागि कन्ट्रि मेनेजर हेमन्त पुरानिकले विपन्न परिवारका नेपाली बालबालिकालाई शिक्षामा पहुँच विस्तारका लागि योजना ल्याएको बताए । उनले योजनाबाट दशौं हजार विपन्न परिवारका नेपाली बालबालिकाले शिक्षा प्राप्त गर्ने दावी समेत गरे ।

tata_education_campaignसिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलियाले पनि नेपालमा शिक्षाको महत्वको प्रचारका लागि अभियान थालिएको बताए । उपाध्यक्ष थपलियाले आर्थिक अभावमा कुनै पनि नेपालीले शिक्षाको ज्योतिबाट बञ्चित हुनु नपरोस भन्ने उदेश्यले अभियानको आरम्भ गरिएको जानकारी समेत दिए । युनिसेफका अनुसार नेपालमा प्रत्येक १० जना बालबालिकामध्ये ७ जनाले विद्यालय भर्ना भएर कक्षा पाँच पढ्ने गरेका छन् ।

आर्थिक अभावका कारण तीमध्ये आधाले मात्रै निम्न माध्यमिक तह उतिर्ण गर्छन् । भदौ २५ गते धापाखेल र सानेपास्थितर जेम्स स्कुलकोबाट अभियानको सुभारम्भ गरिनेछ । अभियानबाट संकलन गरिएको फण्डबाट देशका बिभिन्न भूभागमा आर्थिक अभावका कारण अध्ययन छाड्ने अवस्थामा पुगेका बालबालिकाको शिक्षा दिक्षाका लागि प्रयोग गरिने थपलियाले जानकारी दिए ।

यो अभियानलाई देशका मुख्यमुख्य शहरमा समेत विस्तार गर्ने योजना रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.