युटिएललाई पनि युनिफाइड लाइसेन्स, आक्रामक बजार विस्तारको रणनीति

  २०७३ भदौ २० गते १२:२७     विकासन्युज

utlकाठमाडौं, २० भदौ । युनाइटेड टेलिकम लिमिटेड(युटिएल)ले पनि युनिफाइड लाइसेन्स लिएको छ । युटिएलले २० करोड रोयल्टी तिरेर आइतबार युनिफाइड सेवा सञ्चालनको लाइसेन्स लिएको हो । प्राधिकरणले २०६९ जेठ १ सार्वजनिक सूचना प्रकाशित गर्दै युनिफाइड लाइसेन्सका लागि आवेदन मागेको थियो ।

प्राधिकरणले २०६९ चैत ३० गते नै युनिटएललाई ९ सय मेगाहर्जको फ्रिक्वेन्सीमा युनिफाइड लाइसेन्स दिने निर्णय गरेको थियो । तर कम्पनीले रोयल्टी वापतको रकम नतिर्दा युनिफाइड लाइसेन्स लिन सकेको थिएन् । सोही मितिमा युनिफाइड लाइसेन्स दिने निर्णय गरिएको स्मार्टले भने रोयल्टी तिरेर लाइसेन्स लगिसकेको छ ।

युनिटएलले ४० जिल्लाका ११० शहरमा लिमिटेड मोबिलिटी प्रविधिमा आधारित टेलिफोन सेवा उपलब्ध गराइरहेको ।
अब युटिएलले पनि मुलुकभर जीएमएस, सीडीएमए, पीएसटीएन, इन्टरनेशनल टङ टेलिफोन (आइटिटी) लगायतका एकिकृत सेवा सञ्चालन गर्न सक्नेछ ।

युटिएलमा भारतको ८० र नेपालको २० प्रतिशत लगानी छ । युटिएलमा भारतको महानगर निगम लिमिटेडको ५३ दशमलब ३४ प्रतिशत र टेलिकम्युनिकेसन्स कन्सल्टस् इन्डिया लिमिटेडको २६ दशमलव ६६ प्रतिशत सेयर रहेको छ ।
युटिएलमा नेपालका तर्फबाट भने नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत सेयर स्वामित्व छ ।

युनिफाइड लाइसेन्स लिएसँगै कम्पनीले आक्रामक रुपमा सेवा तथा बजार विस्तार गर्ने रणनीति बनाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.