एभरेष्ट बैंकको ८६औं एटिएम सेवा ललितपुरको गुरुद्धारामा

  २०७३ भदौ २० गते १०:२१     विकासन्युज

काठमाडौं, २० भदौ । एभरेष्ट बैंकले ललितपुरको गुरुद्धारा, कुपन्डोलमा आफ्नो ८६औं एटिएम सेवा प्रारम्भ गरेको छ । बैंकले कुपन्डोल, ललितपुर क्षेत्रका ग्राहक तथा सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ सो स्थानमा शाखाको उद्घाटन गरेको हो ।

everest_bank_new_atm_kupand

उक्त सेवाको गुरुद्धारा गुरुनानक सत्सँगका अध्यक्ष प्रितम सिंह र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एकेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा अन्य विशिष्ट व्यक्तिहरु, बैंकका संचालकहरु लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

बैंकले हाल ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.