भूकम्प पीडितले घर बनाउन थप एक लाख पाउने पक्का

  २०७३ भदौ २० गते ९:१६     विकासन्युज

anudan_222काठमाडौं, २० भदौ । भूकम्प पीडितले निजी आवास निर्माणका लागि थप एक लाख पाउने भएका छन् । भूकम्प पीडितलाई नीजि आवास निर्माणका लागि एक लाख रुपैंयाँ थपेर तीन लाख पुर्याउने तयारी अन्तिम चरणमा पुगिसकेको प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी दिएका हुन् । ‘भूकम्प पीडितलाई घर बनाउन थप एक लाख दिने तयारी भैसकेको छ, केहि दिन भित्रै निर्णय हुन्छ’, प्रधानमन्त्री दाहालले व्यवस्थापिका संसदको विकास समितिमा भने ।
उनले हाल दिइएको दुई लाख रुपैंयाँले जनताको घर निर्माण सम्भव नहुने भएकाले सरकारले थप एक लाख दिएर तीन लाख अनुदान पुर्याउन लागेको समेत बताए ।

प्रधानमन्त्री दाहालले पछिल्लो समय पुननिर्माणको कामले गतिलिएकोमा खुसी व्यक्त गर्दै भने–’म प्रधानमन्त्री हुँदा जम्मा ४३ लाख पीडितको खातामा पहिलो किस्ताको रकम जम्मा भएको थियो, अहिले त्यो दुई लाख ७२ हजार ९ सय ६२  पुगिसकेको छ, यसले पुननिर्माणको काम तिब्र गतिमा अघि बढेको देखाउँछ ।’ उनले जनतालाई घर बनाउने रकम उपलब्ध गराउन असहज भएमा हेलिकप्टरमा सेना र पैसा पठाएर भएपनि वितरण गर्ने समेत बताए ।

हाल सरकारले भूकम्प पीडितलाई दुई लाख नगद अनुदान दिने भनेको छ । त्यसको पहिलो किस्ता वापत हाल ५० हजार रुपैंयाँ धमाधम वितरण भैरहेको छ । दोश्रो किस्तामा ८० हजार र तेश्रो किस्तामा ७० हजार दिने कार्यबिधी रहेको छ ।

दाताहरुको सहयोगबिना आफ्नै ढुकुटीबाट पैसा खर्च गर्ने हैसियतमा सरकार नरहेको बताउँदै दाताहरुका सर्त मान्न बाध्य भएको समेत स्विकार गरेका थिए । ‘दाताले नदिएसम्म आफ्नै ढुकुटीबाट पैसा खर्च गर्न सक्ने हैसियतमा छैनौं, पैसा लिएपछि दाताहरुका केहि सर्त मान्नय बाध्य छौं’, प्रधानमन्त्री दाहालले भने । उनले असोज भित्रै निर्वाचनसँग सम्बन्धीत सबै ऐन ल्याइसक्ने र चैतमा स्थानिय निकायको निर्वाचन गराएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.