असोज १६ देखि नयाँ नोट बजारमा, एक जनाले ३७ हजारसम्म साट्न पाउने

  २०७३ भदौ २० गते ४:२२     विकासन्युज

new_note_of_NCकाठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले असोज १६ गतेदेखि नयाँ नोट बजारमा ल्याउने भएको छ । बैंकले साउन २१ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नयाँ नोट विचरण गर्न लागेको हो । यसपाली एक जना व्यक्तिले ३७ हजारसम्मको नयाँ नोट साट्न पाउने व्यवस्था केन्द्रिय बैंकले गरेको छ । गत वर्ष एक जनाले २२ हजार रुपैंयाँ बराबरको मात्रै नयाँ नोट साट्न पाएका थिए ।

केन्द्रिय बैंकले उपत्यकाका लागि थापाथली कार्यालय र उपत्यका बाहिरका लाग क्षेत्रिय कार्यालयहरुबाट नयाँ नोट वितरण गर्नेछ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ५ देखि १० करोेडसम्म नयाँ नोट उपलब्ध गराउनेछ ।

गत वर्ष दशैं लगायतका चाडबाडका अवसरमा ५७ अर्ब ८५ करोड रुपैंयाँ बराबरका बिभिन्न दरका नयाँ नोट वितरण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । समाचार श्रोतः कान्तिपुर दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.