भिडियोबाट पढाइः विद्यार्थी गाउँमा, शिक्षक काठमाडौंमा

  २०७३ भदौ २० गते १:१५     विकासन्युज

काठमाडौं २०, भदौ । मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले सानोठिमीस्थित कार्यालयमै ‘भर्चुअल लर्निङ स्टुडियो’ स्थापना गरी काठमाडौंबाटै एक सय विद्यालयमा पढाउने तयारी गरिएको छ ।

फाइल तस्बिर

फाइल तस्बिर

भूकम्प प्रभावित ११ जिल्लाका सय विद्यालयमा भर्चुअल लर्निङ गराउने तयारी भएको आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार भूकम्प प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङ, गोरखा, मकवानपुर, सिन्धुली, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रे जिल्लाका विद्यालयमा भर्चुअल लर्निङ सेस्टर स्थापना गरिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक गौतमले आगामी कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो साताबाट कक्षा सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए । भर्चुअल लर्निङमा कक्षा १० को गणित, विज्ञान र अंग्रेजी विषयलाई केन्द्रत गरेर कक्षा सञ्चालन हुादै छ। भर्चुअल स्टुडियोबाट शिक्षकले एक सय विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष पढाउनेछन् ।

केन्द्रले विद्यालय सञ्चालन भएको दिन कसरी स्टुडियोबाट पाठ पढाउने भन्ने तालिकासमेत सञ्चालन गर्ने जनाएको छ । सयवटा विद्यालयमा प्रत्यक्ष सिक्नका लागि टेलिभिजन, प्रोजेक्टर, ल्यापटप, प्रिन्टर र सोलार ब्याकअपको व्यवस्था छ ।

अहिले ९३ वटा विद्यालयमा भर्चुअल सिकाइ कक्षाका लागि उपकरणहरू जडानको काम भइरहेको निर्देशक गौतमले बताए ।
भर्चुअल कक्षा सञ्चालन भइरहेका वेला आफूले नबुझेका कुराहरू विद्यार्थीले पढाइरहेका शिक्षकलाई सोध्न सक्ने व्यवस्थासमेत गरिएको छ ।

लाइभ कक्षा सञ्चालन भइरहेका वेला विद्यालयको कक्षा कोठाबाट आइपी फोनमार्फत स्टुडियोमा फोन गरेर शिक्षकलाई प्रश्न गर्न सक्छन् । कसैले लाइभ कक्षामा सहभागी हुन नपाएमा त्यस्ता विद्यार्थीका लागि रेकर्डिङ गरेर हरेक विद्यालयमा पठाउने र यु ट्युबमा समेत राख्ने व्यवस्था गर्दै छ। एउटा कक्षामा ३० देखि ४० विद्यार्थी बसेर कार्यक्रम हेर्न र सुन्न सकिने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.