नाडा अटोसोमा साढे ३ अर्बको कारोबार, २३ सय सवारी बुकिङ

  २०७३ भदौ २० गते १:०५     विकासन्युज

काठमाडौं २० भदौ । भृकुटीमण्डमा जारी ६ दिने नडा अटोसोले साढे तीन अर्बको कारोबार गरेको छ । आइतबार बेलुका समापन गरिएको यो सोमा लक्ष्यभन्दा बढीको कारोबार गरेको भएको मेलाका संयोजक शम्भुप्रसाद दाहालले जानकारी दिए ।

hyundai_1

यसअघि मेलामा २ सय करोड रुपैयाँको मात्रै कारोबार हुने अनुमान थियो । शोमा लक्ष्यभन्दा १ सय ५० करोड रुपैयाँ बराबरको काारेबार भएको दाहालले बताए ।

नाडा मोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा गत भदौ १४ गतेदेखि मेला सुरु भएको थियो । शोमा अवलोकनर्ताले ८ सय गाडी बुकिङ गरेका छन् भने १५ सय वटा दुई पांग्रे सवारी पनि कारोबार भएका छन् ।

गाडी मेलामा ६० हजार दर्शले अवलोकन गरेका छन् । यसअघि मेलामा ५० हजार दर्शक मात्रै आउने अपेक्षा थियो ।

शोमा डाटसन कम्पनीका ३२५ भन्दा बढी गाडी बुकिङ भएको कम्पनी सिनियर म्यानेजर ज्ञानेन्द्र चनले दावी गरे । महिन्द्रा र हुण्डाईले मेलामा २०० भन्दा बढी गाडी बुकिङ भएको दावी गरेका छन् भने टाटाले पनि मेला अवधिभर स्टलबाट १५० गाडी बुकिङ भएको बताएको छ ।

निसानले २० र टोयाटाले ५० वटा गाडी बुक भएको जनाएका छन् । मेलामा इन्ट्री लेभलका गाडी बुकिङ गर्ने ग्राहकको संख्या उल्लेख रहेको व्यवसायी बताउँछन् । यसवर्ष बैंकहरुले केही सस्तो व्याजदरमा ऋण उपलब्ध गराएकाले पनि कारोबार बढेको आयोजकले बताएको छ ।

६ दिने अटो मेलामा टाटा, मारुती सुजुकी, हुण्डाई, डाट्सन, फियाट, फोर्ड, होण्डा, किया, महिन्द्रा, एमजी, निशान रेनल्ट, स्कोडा, सुजुकी, टाटा टोयोटा, भक्सवागन, स्याङयोेंगलगायत कम्पनीका गाडी राखिएको थियो ।

त्यस्तै मेलामा बजाज, बेला, बेनली, हिरो, होण्डा केटीएम, महिन्द्रा, रोयल, इन्फील्ड, रनर, सुजुकी, टीभीएस, युएम, भेस्पा, यामाहा लगायतका दुई पांग्रे सवारी साधनका कम्पनीले स्टल राखेका थिए ।
मेलामै गाडी बुकिङ गर्ने ग्राहकलाई बैंकिङ सेवा दिन बैैंकहरुले पनि स्टल राखेका थिए । त्यस्तै मेलामा टायर, लुब्रिकेन्ट तथा स्पेयरपार्टस्को पनि कारोवार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.