सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स खरिद गर्ने

  २०७३ भदौ १९ गते १२:११     विकासन्युज

civil_hama_acquireकाठमाडौं, १९ भदौ । सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएको छ । आइतबार हामा मर्चेण्ट खरिद सम्बन्धी सम्झौता पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

हामा मर्चेण्ट खरिद गरेपछि बैंकको नाम भने सिभिल बैंक नै रहनेछ । त्यस्तै, बंैकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापनले समेत निरन्तरता पाउनेछ । यस अघि सिभिल बैंकलेरु २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीलाई गाभ्ने र २३ करोड चुक्ता पुँजी रहेको युनिक फाईनान्सलाई प्राप्ती गर्ने सम्झौता गरीसकेको छ । चुक्तापुँजी २२ करोड रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडको खरिदपछि सिभिल बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड पुग्नेछ ।

हामा मर्चेण्टलाई गाभेपछि बैंकको पूँजी तथा प्रतिष्पर्धी क्षमतामा समेत वृद्धि हुने सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । बैंकले २०७४ असार मसान्तसम्म ८ अर्ब पूँजी पुर्याउन बोनस शेयर र हकप्रद शेयरका साथै अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाउने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.