सानिमा क्यापिटल लिमिटेडले काम थाल्यो

  २०७३ भदौ १९ गते ११:४६     विकासन्युज

sanima_capilat_logoकाठमाडौं, १९ भदौ । सानिमा क्यापिटल लिमिटडले कार्यारम्भ गरेको छ । नेपाल धितोपत्र बोर्डले भदौ १६ गते कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र कारोवार सम्बन्धी कार्यहरु गर्नको लागि नेपाल धितोपत्र वोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को अनुमतिपत्र दिएको हो ।

कम्पनीले निष्काशन तथा विक्रि प्रवन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्टार, लगानी व्यवस्थापन र धितोपत्र निक्षेप सदस्यको काम गर्नेछ । कम्पनीले चाँडै सामुहिक लगानी कोष (म्युचल फण्ड)को योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको रुपमा समेत कामा गर्ने बताएको छ । कम्पनीको नारायणचौर, नक्सालमा रहेको छ ।

१५ करोड अधिकृत पुँजी रहेको कम्पनीको चुक्ता पुँजी भने ११ करोड रहेको छ । क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा सानिमा वैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल छन भने सञ्चालकमा तेज बहादुर चन्द, निश्चल राज पाण्डे, सरोज गुरागाई र श्रीप्रसाद पौडेल रहेका छन् ।

क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा भने मनिष नारायण जोशी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.