आरम्भ माइक्रोफाइनान्सले शतप्रतिशत पूँजी बढाउने

  २०७३ भदौ १९ गते ९:००     विकासन्युज

Aarambha Microfinanceकाठमाडौं, १९ भदौ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको बिशेष साधारणले शतप्रतिशत पूँजी बढाउने निर्णय गरेको छ । बैंकको भदौ १८ गते सम्पन्न बिशेष साधारण सभाले हाल कायम रहेको एक करोड २ लाख चुक्ता पुँजीलाई बढाएर २ करोड ४ लाख पुर्याउने निर्णय गरेको हो ।

कम्पनीले जारी पूंजी पनि २ करोडलाई वृद्धि गरी ४ करोड पुरयाउने निर्णय पनि गरेको हो । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ८ स्थित केन्द्रीय कार्यालय रहेको कम्पनीले विभिन्न १० वटा पहाडी जिल्लाहरुमा १३ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।

संस्थाले हाल कार्यक्षेत्र रहेकै जिल्लाहरुमा आगामि तिन महिना भित्र कम्तिमा दुई वटा शाखाहरु थप गरि शाखा संख्या १५ पुरयाउने लक्ष्य लिएको छ । यसका अतिरिक्त संस्थाले थप ५ पहाडी जिल्लाहरुमा समेत आफनो कार्यक्षेत्र विस्तार गरि लघुवित्तीय सेवा उपलव्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.