नेपाल बंगलादेश बैंकले ३३ प्रतिशत लाभांश दिने

  २०७३ भदौ १९ गते ६:०७     विकासन्युज

nbbankकाठमाडौं, १९ भदौ । नेपाल बंगलादेश बैंकले ३३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले लगानी कर्तालाई ३२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक दशमलब ६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि बैंकले सो मात्रामा लाभांश वितरण गर्नेछ ।

गत आर्थिक वर्षमा एक अर्ब बढी नाफा कमाएको थियो । २०७२ असार मसान्तसम्ममा ८१ करोड ३९ लाख नाफा कमाएको बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब १९ करोड नाफा कमाउन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.