नेपाल बैक प्युठान शाखा लुट्ने प्रयास, स्पे्रमार्फत चौकीदार बेहोस

  २०७३ भदौ १८ गते ६:११     विकासन्युज

nepal_bankप्युठान, १८ भदौ । नेपाल बैंक शाखा कार्यालय प्युठान लुट्ने प्रयास शुक्रबारअसफल भएको छ । साँझ बैंकका चौकीदारलाई स्पे्रमार्फत बेहोस बनाई बैंक लुट्ने प्रयास असफल भएको हो । लुटेरा कार्यालय समय सकिएपछि बैंकमा आफ्नो मोबाइल छुटेको बहाना बनाउँदै बैंकमा छिरेको बताइएको छ । अहिले लुटेराको खोजी जारी राखिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

घटनास्थलमा अहिले सहायक प्रजिअ भूपबहादुर पुनसहित जिप्रकाबाट बाक्लो मात्रामा सुरक्षाकर्मी आएका छन् । लुटेराले चौकीदारलाई बेहोस बनाउन नसकेपछि तत्काल भागेको बताइएको छ । लुटेराले साथमा लिएको अन्दाजी आठ थान बैंकको नगद राख्ने ठाउँ काट्ने हेक्जाब्लेड, चार थान हातमा लगाइने पञ्जा लगायत बैंक लुट्नका लागि प्रयोग हुने सामग्रीसहितको झोला बैंकमै छाडेका छन् । चौकीदारले आफूमाथि एक्कासि आक्रमण भएकाले लुटेराको पहिचान गर्न नसकिएको बताएका छन् ।

नेपाल बैंक प्युठान शाखाका प्रमुख विभागको तालिमका लागि भन्दै जिल्ला बाहिर रहेका छन् । त्यस्तै निमित्त कार्यालय प्रमुख पनि कार्यालय समयपछि घर गएका समयमा बैंक लुट्ने प्रयास भएको हो । बैंक लुट्नका लागि प्रयोग भएका सामानले गर्दा शृङ्खलाबद्ध तरिकाले बैंक लुट्न खोजिएको जस्तो देखिएको छ । बैंक लुट्ने प्रयास गर्नेमा कम्तीमा चारदेखि १० जनासम्मको संलग्न रहेको हुन सक्ने अनुमान गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.