२ लाख ६२ हजार भूकम्प पीडितले पाए ५० हजार

  २०७३ भदौ १८ गते ६:०७     विकासन्युज

anudan_samjhautaकाठमाडौं, १९ भदौ । २ लाख ६२ हजार ४ सय ८२ परिवार भूकम्क पीडितले घर बनाउन ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार भदौ १७ गते साँँझसम्ममा ती भूकम्प पीडितको बैंक खातामा पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराइएको हो । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन इकाइले हालसम्म ४ लाख ९ हजार ५ सय ६४ भूकम्प पीडित परिवारसँग अनुदान सम्झौता गरिसकेको छ ।

अनुदान सम्झौता भएको एक साता भित्रै पीडितको बैंक खातामा पहिलो किस्ताको रकम जम्मा गर्ने व्यवस्था छ ।भूकम्प पीडितलाई सरकारले दुई लाख रकम निजी आवास निर्माणका लागि दिने भनेको छ । सो रकम तीन किस्तामा दिने भनेको छ । पहिलो किस्तामा ५० हजार, दोश्रोमा ८० हजार र तेश्रोमा ७० हजार दिने कार्यबिधी रहेको छ ।

पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि ४५ दिन भित्र भूकम्प पीडितलाई पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ दिने निर्णय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.