युवतिको नाममा फेसबुक बनाएर ठगी, प्रहरी कारवाही जारी

  २०७३ भदौ १८ गते ४:२६     विकासन्युज

काठमाडौं – युवतीको नाममा फेसबुक mobile-facebookबनाई ठगी गर्दै आएका युवक पक्राउ परेका छन् । सप्तरी बस्ने विराटनगरका २४ वर्षीय विकासकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई भारतबाट पक्राउ गरी ल्याएको हो । उनले काठमाडौंको युवतीहरुको नाममा फेसबुक बनाएका थिए ।

तीनै युवतीका साथीहरुलाई साथी बनाई आफूलाई समस्या परेको भन्दै च्याटमा सहयोग माग्ने गरेका थिए ।

कसैसँग रिचार्ज गरिदिन आग्ह गर्थे तथा कहिले बिरामी भएको भन्दै खर्च माग्दथे ।

चिनेकै साथीले सहयोग मागेपछि दिने गरेका थिए । तर, वास्तविक साथी नभई उनीहरुको नाममा नक्कली फेसबुक अकाउण्ट बनाई त्यसरी साहले भलुक्याएर ठगी गर्दै आएका थिए ।

पछि युवतीहरुले थाहा पाएर प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । नयाँपत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X