नक्कली शैक्षिक योग्यता पेस गर्ने शिक्षकविरुद्ध मुद्दा

  २०७३ भदौ १७ गते ११:५१     विकासन्युज

काठमाडौं, १७ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेस गर्ने शिक्षक मोहम्मद रहमतुल्लाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

सप्तरीको मसिलाल जनता उमाविका शिक्षक रहमतुल्लाले राहत दरबन्दी शिक्षकमा नियुक्तिका लागि नक्कली शैक्षिक योग्यता र अध्यापन अनुमतिपत्र पेस गरेको आयोगको ठहर गरेको छ । छानबिनमा शिक्षक रहमतुल्लाको पेस गरेको प्रमाणपत्र नक्कली ठहरिएकाले सजाय माग दाबी गरी आयोगले आरोपपत्र दायर गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.