टिभीएसको दशैं–तिहार लक्षित ‘तात्यो बजार, तत्काल १० हजार’ अफर

  २०७३ भदौ १७ गते ११:१७     विकासन्युज

tvsकाठमाडौं, १७ भदौ । शंकर ग्रुप अन्तर्गतको नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले ‘तात्यो बजार, तत्काल १० हजार’ योजना अघि सारेको छ । कम्पनीले आउँदै गरेको नेपालीहरुको महान चाड दशैं–तिहारलाई लक्षित गरी सो योजना बजारमा ल्याएको हो ।

यस योजना अन्तर्गत अपाचे सिरिज आरटीआरका ग्राहकले (हालै लञ्च गरिएको अपाचे सिरिज आरटीआर २०० ४ भी बाहेक) ७ हजार रुपैयाँ तत्काल पाउनेछन् । साथै टिभीएसका अन्य सबै मोटरसाईकल र स्कुटरका खरिदकर्ताले तत्काल १० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टिभीयसका ग्राहकले कुनै पनि प्रकारको ‘स्क्र्याच कुपन’ वा ‘लक्की–ड्र’ लगायतका विभिन्न झञ्झटको सामना गर्नुपर्ने छैन । यस योजनाबाट सम्पूर्ण ग्राहकले चाडवाडको अवधीभर भरपूर फाइदा उठाउने तथा यसले समग्र मोटरसाइकल र स्कुटरको बजारमै नयाँ उत्साह थप्ने कम्पनीको अपेक्षा रहेको छ ।

कम्पनीको हाल देशभर ६९ वटा डिलर रहेका छन् । कम्पनीले ग्राहकको आवश्यकतालाई ध्यानमा राखी टिभीएसका मोटरसाइकल, स्कुटर र तीन पाङ्ग्रे सवारी साधनहरु नेपालभर विभिन्न आकर्षक योजनाका साथमा बिक्री वितरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.