कतार एयरवेजको ट्राभल फेस्टिवल शुरु हुँदै

  २०७३ भदौ १७ गते १०:५६     विकासन्युज

quatar_airwaysकाठमाडौं, १७ भदौ । कतार एयरवेजको ट्राभल फेस्टिभल पुन आयोजना भएको छ । फेस्टिवल अगस्ट २९ देखि सेप्टम्बर ५ सम्म आयोजना हुन लागेको हो । फेस्टिभल अन्तर्गत विश्वभरका यात्रीहरुलाई रोमाञ्चक स्थानमा पुगी रमाइलो गर्ने अवसर प्रदान गरिनेछ । साथै, आकर्षक उपहारहरु जित्ने अवसर समेत प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।

सो फेस्टिवल अन्तर्गत १ टिकटको शुल्कमा २ जनालाई घुम्ने अवसर रहेको आयोजकले जनाएका छन् । साथै ४० प्रतिशत सम्मको छुट, “बुक मोर एण्ड सेभ मोर” लगायतका सुविधा सो समयसम्मको यात्रामा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । फेस्टिवल अन्तर्गत होटलका लागि विशेष डिल तथा कार रेण्टल लगायतमा समेत छुटको ब्यवस्था छ । साथै कतार एयरवेज प्रिभ्लेज क्लब मेम्बरहरुले ट्राभल फेस्टिवलका दौरान बुकिङ्स गर्दा ट्रिपल क्यूमाइल्स समेत प्राप्त गर्ने जानकारी दिइएको छ ।

ट्राभल फेस्टिवल अन्तर्गत छुटका साथै आठ दिनको यो कार्यक्रमका दौरान यात्रीहरुले विशेष उपहारहरु समेत जित्न सक्ने बताइएको छ । फेस्टिबल अवधिभर ६ सय भन्दा बढीको सङ्ख्यामा उपहार बाँडिने छन् । उपहार अन्तर्गत कतार एयरवेज र वानवल्र्डको सहकार्यमा एक जोडीका लागि “एराउण्ड दि वल्र्ड” एयर ट्राभल टिकेट्स प्रदान गरिने आयोजकले जनाएका छन् ।

त्यसैगरी, कतार एयरवेजद्वारा प्रायोजित एफसी बार्सिलोना म्याचहरुका लागि एक जोडीका लागि टिकट जित्ने अवसरका साथै साइन्ड फुटबल जर्सीहरु समेत प्रदान गरिने छन् । यात्रीहरुलाई विश्वकै सर्वोत्कृष्ट बिजनेश क्लास सेवाको अनुभव लिने अवसरका लागि मानार्थ अपग्रेड्सपनि प्रदान गरिने जानकारी दिइएको छ । आयोजकका अनुुसार उपहार योजना अन्तर्गत एयरलाइन्सको ग्लोबल सञ्जाल भित्र निःशुल्क ईकोनोमी क्लास फ्लाइट, ५ ओटा कतार एयरवेज होलिडे प्याकेजेज्, कतार ड्यूटी फ्रिमा उपयोग गर्न सपिङ्ग भाउचर लगायतको ब्यवस्था रहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X