भिबोर बैंकमा सोसाइटी डेभलपमेन्ट गाभियो, एकिकृत कारोबार शुरु

  २०७३ भदौ १७ गते १०:३५     विकासन्युज

काठमाडौं, १७ भदौ । भिबोर विकास बैंकमा सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड गाभिएको छ । उक्त बैंक गाभिएपछि भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि.को नामबाट आजदेखि एकिकृत कारोबार शुरु गरेको छ ।

vibor_bank

शुक्रबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवि नेपालले गाभिए पश्चात बन्ने बैंकको उद्घाटन गरेका थिए । गाभिए पश्चात बन्ने बैंकको केन्द्रीय कार्यालय काठमाडौंको डिल्लीबजारमा रहने छ ।

बैंकको संचालक समितिको सदस्यमा सुशिलराज पराजुली, अशोकराज पाण्डे, डा.रुप ज्योति, हरिप्रसाद रिमाल, राजेशकुमार अग्रवाल र प्रेमराज तिवारी नियुक्ति भएका छन् । संचालक समितिको अध्यक्षमा सुशिलराज पराजुली चयन भएका छन् । यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी झलक प्रसाद खनाललाई दिइएको बैंकले जनाएको छ ।

गाभिए पश्चात बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अरब ८१ करोड ५० लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । यसैगरी गाभिए पश्चात संस्थाको कुल निक्षेप १४ अर्ब सात करोड, कर्जा ११ अर्ब एकचालिस करोड रुपैयाँ पुगेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकका अनुसार गाभिए पश्चात बैंकको ४२ वटा शाखा संजाल र एउटा एक्सटेन्सन काउन्टर तथा १२ वटा आफ्नै एटिएमबाट बैंकिङ्ग सेवा सुविधा उपलव्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.